४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मनोरञ्जन

गायक ध्रुव केसीको निधन


९ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ । गायक ध्रुव केसीको निधन भएको छ । गायक केसीको उपचारका क्रममा बिहीवार दिउँसो साढे चार बजे अर्किड केयर सेन्टर भैँसेपाटीमा निधन भएको हो ।गायक केसी पार्किन्सन रोगले ग्रसित थिए । उनि लामो समय मुम्बईमा रहेका थिए । उनले मुम्बईमा केही विज्ञापनमा अभिनयसमेत गरेका साहित्यकार तथा सर्जक प्रकाश सायमीले जानकारी दिएका छन् ।

गायक केसीका ‘मायालु हजार हुन्छन्’, ‘बगी जाने खोला’, ‘सबले भन्छन्’, ‘तिम्रो माया कागजको’, लगायतका गीत चर्चित छन् ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार ००:००