४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मनोरञ्जन

नायक सलमान खानले राधे चलचित्रलाई हलमै रिलिज गर्ने


९ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ । सलमानले यो चलचित्रको अधिकार जी कम्पनीलाई वेचिसकेका छन् । यसैले पनि चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुने भय प्रदर्शकलाई थियो ।
अब भने नायक सलमान खानले रोधे चलचित्रलाई हलमै रिलिज गर्ने प्रतिवद्धता जनाएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–हल संचालकहरुलाई जवाफ दिन केही समय लागेकोमा म क्षमा चाहन्छु । यो समयमा हामीले एउटा ठूलो फैसला गरेका छौ । आर्थिक समस्याबाट जुधिरहेका प्रदर्शक तथा वितरकको समस्या मैले वुझेको छु । राधे हेर्न आउने दर्शकहरुका लागि प्रदर्शकले सावधानी अपनाउनेछन् भन्ने अपेक्षा गरेको छु । मेरो प्रतिवद्धता इदको हो र यो इद सन् २०२१ को हो । यो बर्ष चलचित्र भवनमा राधेको आनन्द लिनुहोस् ।

प्रभु देवाले निर्देशन गरेको यो चलचित्रमा सलमानको साथमा दिशा पटानीको मुख्य भूमिका छ ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार ००:००