२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मनोरञ्जन

बक्स अफिसमा १५० करोड पार गर्न सफल साउथ चलचित्र ‘मास्टर’


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाण्डौ । कोरोना महामारीका विच रिलिज भएको साउथ चलचित्र ‘मास्टर’ले भारतीय बक्स अफिसमा अत्याधिक ठुलो व्यापार गरेको भारतिय संचार माध्यमहरुले जनाएका छन् । ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको चलचित्रले एक सातामा १५० करोड ग्रस कलेक्शन गरेको खबरमा उल्लेख छ । ।
विजयको यो पाँचौ चलचित्र हो, जसले भारतीय बक्स अफिसमा १५० करोडको आँकडा पार गर्न सफल भएको हो । यो चलचित्रले एक सातामा तमिलनाडुमा मात्र ९६ करोडको व्यापार गरेको छ । यस्तै, आन्ध्र प्रदेशमा २४ करोड, कर्नाटकमा १४ करोड र हिन्दी भाषामा ५ करोडको व्यापार चलचित्रले गरेको छ ।

फ्रेवुअरी १२ मा यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुने बताइएको छ ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००