३० बैशाख २०८१, आइतबार । May 13, 2024

मुख्य खबर

इजरायलमा नेपाली श्रमिकले पनि स्थानीय श्रमिकसरह सेवा सुविधा पाउने


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ । इजरायलमा नेपाली श्रमिकले पनि स्थानीय श्रमिकसरह सेवा सुविधा पाउने भएका छन् । नेपाल र इजराजयबीच भएको श्रम सम्झौताको ‘इम्प्लिमेन्टेशन प्रोटोकल’मा हस्ताक्षर गर्दै नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले नेपालबाट इजरायल जाने श्रमिकलाई कुनै पनि भेदभाव नगर्ने र इजरायलका नागरिकसरह सेवा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको बताएका हुन् । नेपाली श्रमिक लैजानका लागि नेपाल र इजरायलबीच गएको असोज १४ गते श्रम सम्झौता भएको थियो । सम्झौता अन्तर्गत नै आज बिहीबार इम्प्लिमेन्टेशन प्रोटोकलमा हस्ताक्षर भएको छ ।

नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षरगरेका हुन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले महामारीकै बीचमा पनि नेपाल र इजरायलबीच भएको श्रम सम्झौताले नेपाली नागरिकले इजरायलमा रोजगारीको अवसर पाउने भन्दै खुसी व्यक्त गरेका हुन् ।

इजरायल जाने नेपालीका लागि आन्तरिक कार्यविधि पनि छिट्टै बनाउने विभागका महानिर्देशक कुमार दहालको भनाइ रहेको छ ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००