३० बैशाख २०८१, आइतबार । May 13, 2024

Uncategorized

२४ घण्टामा थप २२६ जना कोरोना संक्रमणमुक्त


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६२ हजार ८६८ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७९ पुगेको छ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००