५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

अत्यधिक जाडोका कारण प्रदेश २ मा ४ जनाको मृत्यु


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं ।  पछिल्लो हप्ताको निरन्तरको अत्यधिक जाडोले प्रदेश २ का जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।लगातार हुस्सु लाग्ने र चिसो हावा बहने क्रम जारि रहेकाले चिसो बढिरहेको छ । पाँच दिनपछि सोमबार थोरै घाम लागे पनि मंगलबार बिहानदेखि फेरि हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको हो ।
चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा, दैनिक मजदुरी गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएको बताइएको छ । चिसोले बजार क्षेत्रमा चहलपहल ह्वात्तै घटेको छ । एक्कासी चिसो बढे पनि प्रदेश २ का जिल्लामा कुनै किसिमको पूर्व तयारी नगरिँदा गरीब र विपन्नलाई कठ्यांग्रिएरै जीवन धान्नुपरेको छ ।अत्यधिक जाडोका कारण प्रदेश २ मा ४ जनाको मृत्यु भइसकेको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार सिरहामा तीन जना र सर्लाहीमा एक जनाको मृत्यु भएको छ । यसमध्ये सिरहामा आगो ताप्ने क्रममा जलेर २ जनाको मृत्यु भएको छ ।जाडोलाई चिर्न भन्दै बिभिन्न जिल्लामा दाउरा वितरणलाई नै प्राथमिकतामा राखिएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरीमा दाउरा वितरण गरिएको छ ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००