२२ बैशाख २०८१, शनिबार । May 4, 2024

International

जो बाइडनको सपथ ग्रहणको लागि मात्र २५ हजार सुरक्षाकर्मि परिचालित


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । सुरक्षा व्यवस्था कायम गराउन २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मंगलबार राति हुने बाइडनको शपथ ग्रहण समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्प भने उपस्थित नहुने सम्भावना बढी रहेको छ ।
अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले मंगलबार राति राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् ।
अमेरिकाको वासिङटन डीसीमा त्यसको तयारी पनि भइरहेको छ । यद्यपि बाइडनको शपथ ग्रहण भने यसअघिका राष्ट्रपतिको जस्तो नहुने भएको छ । यसअघिका राष्ट्रपतिको शपथ ग्रहणमा हजारौं मानिसहरु उपस्थित हुने गरेका थिए । तयसपटक भने कोरोना महामारीका कारण भिडमा लगाइएको प्रतिबन्धको कारण शपथ ग्रहण समारोहमा उनीहरु उपस्थित हुन नपाउने भएका छन् ।
आगामी राष्ट्रपतिको शपथ ग्रहणमा वर्तमान राष्ट्रपति सहभागी नभएको अमेरिकाको १५० वर्षको इतिहासमा यो पहिलो हुनेछ । शपथ ग्रहण समारोहमा कुनै किसिमको अप्रिय घटना हुन नदिन यसपटक सुरक्षा व्यवस्था निकै चुस्त बनाइएको छ ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००