५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

International

यूएईमा रहेको नेपाली दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गर्यो


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । तीन जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यूएईमा रहेको नेपाली दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गरेको बताइएको छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै दूतावासले अर्को सुचना नआउन्जेल बन्द भएको बताइएको छ ।
अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने दूतावासले उल्लेख गरेको छ ।

दूतावासको फ्रन्ट लाइनमा कार्यरत ३ जना स्थानीय कर्मचारीमा कोरोना सङ्क्रमण भएको बताइएको छ । अत्यावश्यक कामका लागि भने दूतावासमा ०२६३४४३८५ नम्बरमा फोन गरेर या [email protected] मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००