१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मनोरञ्जन

दयाहाङ राई दौरासुरुवालमा ठाटिएर सोल्टिनी छेउ पुग्दा रेबिका भुतुकै



काठमाडौँ । नायकको परिभाषालाई नै विनिर्माण गरेर नेपाली चलचित्र जगतमा जबरजस्त स्थापित नाम हो दयाहाङ राई । रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका राईले अनागरिक, दाशढुंगा, लूट, हाईवे, छ्डके, बधशाला, लोफर, झोले, कबड्डी सिक्वेलस, नागबेली, वडा नम्बर जस्ता दर्जनौ चलचित्रमा जीवन्त अभिनय गरेका छन् । उनै राईद्धारा अभिनित नयाँ गीतको म्यूजिक भिडियो ‘सोल्टीनी’ शुत्रबार सार्वजनिक भयो ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा सोल्टी र सोल्टिनी बीचको प्रेमलापलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । जहाँ दयाहाङ राई दौरासुरुवालमा ठाटिएका छन् । दौरासुरुवालमा दया निक्कै खुलेका छन् । उनलाई रेबिका गुरुङले साथ दिएकी छिन् । गीतका पारखीहरुले यो भिडियो निक्कै रुचाएका छन् । शनिबार साँझसम्म डेढलाखले हेरिसकेको छ ।
विश्वव्यापी कोरोना महामारीका कारण चलचित्र उद्योग अझै सहज हुन नसकेको बेला दया भने धमाधम म्यूजिक भिडियोमा छाउँन थालेका छन् ।
अभिनेता मात्र होइन चलचित्र निर्देशकहरु पनि यतैतिर रमाउन थालेको यसै गीतबाट पुष्टि हुन्छ । यो भिडियो चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन ।
गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको यो गीत प्रेम कृष्ण बजगाईं लेखेका हुन । शिलाबहादुर मोक्तानको संगीत संयोजन रहेको छ।
सुदिप बरालले छायाँकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। गिरिराज घिमिरेको सह निर्देशन रहेको भिडियोलाइ सन्तोष शाहले सम्पादन तथा जुनीम गहतराजको कलर संयोजन रहेको छ।

प्रकाशित : २५ पुस २०७७, शनिबार ००:००