१५ बैशाख २०८१, शनिबार । April 28, 2024

Breaking

सागर बरु सुकेर गैजाला २ दशकपछि नयाँ भर्सनमा, मोडल बादल र गरिमा फिचर्ड



इटहरी । करिब दुई दशक अघि हिट गीत सागर बरु सुकेर गैजाला नयाँ भर्सन आएको छ ।
शुक्रवार इटहरीमा यो भिडियो सम्बन्धि चर्चा भएको थियो । कार्यक्रमका क्रममा बोल्दै मोडल श्रेष्ठले ुसागर बरु सुकेर गैजालाु गीतमा आफ्नो तर्फबाट सक्दो मेहनत गरेको र त्यसको आउटपुट पनि राम्रो आएकोु बताउदै सबैले भिडियोलाई युट्युबमा हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

मोरङको बेलबारी निवासी उनी काठमाडौ भन्दा बाहिर आफ्नै ठाउँमा बसेर पनि उत्कृष्ट काम गर्दै लोकप्रिय बन्न सकिन्छ भन्ने सोचका साथ आफ्नो मोडलिङ यात्रालाई अगाडि बढाइरहेका छन् । कार्यक्रममा मोडल श्रेष्ठले कलाकारिता यात्राका भोगाई र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

श्रेष्ठले अहिलेसम्म २५ बढी म्युजिक भिडियोमा काम गरिसकेका छन भने केही चलचित्रमा अभिनय समेत गरिसकेका छन् तर, हालै सार्वजनिक ुसागर बरु सुकेर गैजालाु गीतबाट भने आफ्नो हाइप बढ्नेमा आशावादी देखिएका छन् । उनीसँगै कार्यक्रममा सहभागी मोडल बिनोद बस्नेतले समेत उनको अभिनयको तारिफ गरेका छन् । चलचित्र पत्रकार संघ कोशी प्रदेशका अध्यक्ष नरेन्द्र बस्नेतको सभापतित्वमा भएको कार्यक्रम चलचित्र पत्रकार संघ सुनसरीको उपाध्यक्ष मनोज दाहालले सञ्चालन गरेका थिए भने संघका कोशी प्रदेश सदस्य सुवास संकल्पले स्वागत मन्तव्य राखेका थिए ।

उनी अभिनित सागर बरु सुकेर गैजाला गीत एक समयको चर्चित गीत हो । हालै सो गीतलाई नयाँ भर्सनमा निकालिएको हो । आजभन्दा २३ वर्षअघि रेकर्ड उक्त गीतको मेल भर्सनमा दिपक लिम्बुको स्वर रहेको थियो भने अहिलेको नयाँ भर्सनमा पनि दिपककै स्वर समावेश गरिएको छ । सो गीतमा सिन्धु रानाको शब्द समावेश गरिएको छ भने रेशमलाल चौधरीले गीतलाई कम्पोज गरेका छन् । मोडल बादललाई भिडियोमा लोकप्रिय मोडल गरिमा शर्माले साथ दिएकी छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई हरि हुमागाईले छायांकन गरेका हुन भने विकाश धमलाले भिडियो सम्पादन गरेका छन् । भिडियोलाई गायक दिपक लिम्बुकै नाममा रहेको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

प्रकाशित : १७ भाद्र २०८०, आइतबार ००:००