१५ बैशाख २०८१, शनिबार । April 28, 2024

Breaking

मिरुनासंग रोमान्टिक देखिए करण, लीला सेलिङको ‘पिरतीको मुस्कान’ गीत सार्वजनिक



काठमाडौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको राइजिङ मलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो ।

देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ । यो गीत करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

आफ्नै गीतमा पहिलो चोटि डान्स गर्दाको अनुभवबारे कार्यक्रममा करणले बोलेका थिए । सुटिङका कारण मिरुना कार्यक्रममा सहभागी हुन नसकेको बताउदै करणले मिरुनाको तारिफ गरेका थिए । करणले साङ्गीतिक यात्राको बारेमा बोल्दै भने ‘कलाकारीता क्षेत्रमा छु, जे छु जस्तो छु, यसलाई नै निरन्तरता दिन्छु भन्ने पुर्ण विश्वास छ । भलै थोरै पैसा कमाउ तर यहि क्षेत्रमा केही गर्छु, र यहि क्षेत्रकै लागी म जन्मिएको छु ।’

त्यस्तै कार्यक्रममा पुगेका चर्चित कवि तथा निर्देशक उपेन्द्र सुब्बाले करण र गीतको टिमलाई शुभकामना दिएका थिए । लीलाको बाबा–आमालाई करणले सम्मान गरेका थिए, भने करणलाई निर्माण टिमबाट स्वागत सम्मान गरिएको थियो । त्यस्तै यस गीतका निर्देशक शान थापाले करणसंगको सहकार्य तेस्रो रहेको बताउदै करण जी को अभिनयमा पनि निखार आएको बताए । शानका अनुसार करणले एक हप्तामा सिकेको डान्स म्युजिक भिडियोमा देख्न सकिने बताउदै स्यालुटपनि गरेका थिए ।

त्यस्तै लीलाकी बाबाले पनि कार्यक्रममा शुभकामनाका शब्दहरु बोल्दै छोरीहरुलाई पढाउदाको विगतका दिनहरु सम्झिएका थिए । त्यस्तै लेखक सन्दिप राईले म्यूजिक भिडियो राम्रो बनेको प्रतिक्रिया दिए । म्युजिक भिडियो निर्देशक हाङ चेम्जोङले पनि शुभकामनाका शब्दहरु बोलेका थिए । आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही पुस्तकहरुपनि बजारमा ल्याईसकेकी छिन् । लाहुरेनी पिडा, ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छिन् । केही महिना अगाडी लिला र करणको सहकार्यमा ‘सिमाना’ बोलको गीतपनि आइसकेको छ ।

शानद्धरा निर्देशित म्युजिक भिडियोमा मिरुना र करण फिचर्ड छन् । फिल्मी शैलीमा तयार भएको भिडियोको प्रस्तुतीका कारण मिरुना र करणको जोडी जमेको छ । यो म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्, भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् । सुप्रिम पराजुलीको सम्पादन, कलर रहेको भिडियोमा प्रिया कार्कीको मेकअप रहेको छ ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार ००:००