६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

अर्थ

माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्ट बीच व्यवसायिक सम्झौता ।



काठमाण्डौ । माछापुच्छ्रे बैंक तथा गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोट बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन्। त्यसै पार्क भिलेज रिसोर्टको सम्पूर्ण सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷के्रडिट कार्ड तथा त्तच् प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।
बंैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १ सय ६० वटा शाखाहरु १ सय ४८ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा ३ सय १३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १ सय ९८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रकाशित : २३ पुस २०७७, बिहिबार ००:००