१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मनोरञ्जन

लक्ष्मण शक्ति र सुमितको ‘ म कदापी चाहन्न ’ सार्वजनिक (भिडियो)



काठमाडौं । गायक सुमित खड्काको आवाजमा रहेको राष्ट्र भक्तिले भरिएको गीत  ‘ म कदापी चाहन्न ’को भिडियो सार्वजनिक भएको छ। शक्ति बल्लभको संगीत तथा लक्ष्मण राईको को शब्द रहेको गीतको भिडियोलाई  आयुष घले मगरले निर्देशन गरेका हुन्।

निरज  श्रेष्ठको संगीत संयोजन रहेको गीतले युवाहरुलाई एक जुट भएर आत्मनिर्भर बन्न र देश समृद्ध बनाउन आग्रह गरिएको छ । नेपाली माटो प्रतिको माया र स्नेहलाई गीतको माध्यमबाट समेटिएको छ ।  गीतको भिडियोलाई आयुष घले मगरले छायाँकन तथा सम्पादन  गरेका हुन् । यसलाई सदिश जोशीले सम्पादन गरेका हुन् । गीतको भिडियोमा दिपक भण्डारी , नुरज ठकुरी र प्रदिप थापाले ले अभिनय गरेका छन् ।

MA KADAPI CHAHANNA – New Nepali National Song 2021 || Sumit Khadka || Shakti Ballav || Deepak, Nuraj – YouTube

प्रकाशित : २३ पुस २०७७, बिहिबार ००:००