२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

अर्थ

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेड बीच व्यवसायीक सम्झौता ।



काठमाण्डौ । माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बीच व्यवसायिक सम्झौता भएको छ । अब महिन्द्रा बाण्डको गाडी खरिद गर्ने ग्राहकहरुलाई माछापुच्छ«े बैंक लि. ले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ ।
सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला हस्ताक्षर गरेका छन् ।
सम्झौतामा माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत र इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान उल्लेख छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन प्रतिवद्ध माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल रहेको छ । बैंकको १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित बंैकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १९ पुस २०७७, आइतबार ००:००