५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मनोरञ्जन

यति महगों पारिश्रमिक लिन्छन् अक्षय कुमार


१५ पुस २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ १५ पुष ।भारतीय अनलाइनका अनुसार अक्षय कुमारले आफ्नो पारिश्रमिक १ सय १७ करोडबाट बढाएर १ सय ३५ करोड पुर्याएको उल्लेख गरेका छन् ।अक्षयका चलचित्रले बक्स अफिसमा धमाका मच्चाएसँगै उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताहरु पनि बढिरहेका छन् ।
अक्षयले भारतमा लकडाउन सकिएसँगै आफ्नो पारिश्रमिक ९९ करोडबाट बढाएर १ सय ८ करोड पुर्याएका थिए ।केही समयपछि नै उनले पारिश्रमिक १ सय १७ करोड पुर्याएका थिए ।बजारमा आफ्नो चर्को माग भएपछि अक्षयले पारिश्रमिक १ सय ३५ करोड पुर्याएका हुन् । उनको लाइन अपमा आधा दर्जन चलचित्र छन् । सन् २०२२ मा रिलिज हुने चलचित्रका लागि अक्षयले पारिश्रमिक १ सय ३५ करोड पुर्याएका हुन् ।
अक्षय घरमा रहँदा पनि चलचित्रको स्क्रिप्ट नै सुन्ने गर्छन् । अक्षयले काम गर्ने चलचित्रको बजेट महंगो हुँदैन । उनले काम गर्ने अधिकांश चलचित्रको बजेट ३५ देखि ४५ करोडको हारहारीमा हुने गर्छन् । निर्माताले चलचित्र रिलिज गर्दा ६० देखि ६५ करोड खर्चमा गर्न सक्ने अवस्था छ ।

प्रकाशित : १५ पुस २०७७, बुधबार ००:००