६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

समाचार

पाथिभरा क्षेत्रको आगो निभाउन हेलिकप्टरको प्रयोग


१३ पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं १३ पुस। ताप्लेजुङको चर्चित मन्दिर क्षेत्र पाथिभरामा पछिललो एक सातायता आगोलागी जारी छ । आगोलागी नियन्त्रणमा लिन अनेक प्रयास गरिएपनि सम्भव भएको छैन ।

आइतबार भने यहाँ हेलिकोप्टरबाट आगोलागी नियन्त्रणको प्रयास गरिएको छ । सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी लगेर पाथिभरा क्षेत्रमा आगो निभाउने प्रयास भएको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईका अनुसार ताप्लेजुङ क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिको समन्वयमा सिम्रिक एयरको हेलिकोप्टर मगाइएको थियो ।जंगलमा पानीको स्रोत नभएको र आगो पाथिभरा मन्दिर क्षेत्रतर्फ अगाडि बढेपछि हेलिकोप्टर मगाएर पानी खन्याउने निर्णय भएको उनले जानकारी दिए । हेलिकोप्टर काठमाडौंबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा अवतरण गरेको थियो । त्यहाँ नगरपालिकाको दमकलले पानी लिएर गएको थियो ।, हेलिकोप्टरको पानी बोक्ने उपकरणमा पानी राख्न नमिलेपछि पोखरीबाट पानी उबाउने निर्णय लिइएको उपमेयर भट्टराईले जानकारी दिए । उनका अनुसार स्थानीय जोरपोखरी भन्ने स्थानबाट हेलिकोप्टरले पानी भरेको थियो । त्यसपछि आगोलागी भएको ठाउँमा माथिबाट पानी झारिएको थियो । हेलिकोप्टरको प्रयोगले कति आगो नियन्त्रण भयो भन्ने यकिन भने नभएको उनले जानकारी दिए ।

प्रकाशित : १३ पुस २०७७, सोमबार ००:००