५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

International

हिमआँधीमा परेर कम्तिमा १० जना पर्वतारोहीको मृत्यु


१२ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १२ पुष । इरानमा हिमपहिरो र हिमआँधीमा परेर कम्तिमा १० जना पर्वतारोहीको मृत्यु भएको अन्तराष्ट्रय समाचार संस्थाहरुले जनाएका छन् ।इरानको प्रसिद्ध एल्ब्रुज पर्वतीय श्रृंखलामा हिजो आएको हिमपहिरो र आँधीमा परेर अन्य ७ जना हराईरहेका जानकारि प्राप्त भएको छ ।
स्थानीय एउटा रिसोर्टको केबलकार चुँडिएपछि अलपत्र परेकाहरुलाई रेडक्रसको सहयोगमा उद्धार गरिएको थियो ।
राजधानी तेहरान नजिकको मनोरम यो हिमश्रृंखला पर्यटकीय दृष्टीले निकै आकर्षक मानिन्छ । स्की खेल्न र पर्वतीय यात्राको लागि गएकाहरु आँधीमा फसेका थिए ।
मृत्यु हुनेमा चिकित्सक, राजनितिक विश्लेषक, चिकित्सक र पर्वातारोहण गाईड रहेका छन् । हराइरहेकाहरुलाई जिवितै भेटिने संभावना कम रहेको सुरक्षाकर्मीहरुले बताएका छन् ।

प्रकाशित : १२ पुस २०७७, आइतबार ००:००