५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मनोरञ्जन

एक्सन थ्रिलर चलचित्रमा नायक ऋतिक रोशनको प्रवेश


१२ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १२ पुष । केही समय अगाडि सुपरहिट तामिल चलचित्र ‘विक्रम वेधा’को रिमेकमा नायक आमिर खानले काम गर्न लागेको खबर सार्वजनिक भएको थियो । तर, समय दिन नसकेपछि आमिरले यो चलचित्र छाडेको भारतीय मिडियाले उल्लेख गरेका बताइएको छ । एक्सन थ्रिलर चलचित्रमा नायक ऋतिक रोशनको प्रवेश भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
चलचित्रमा नायक सैफअली खानले काम गर्ने पक्का भैसकेको छ । मिडियाका अनुसार, आमिरसँग कुरा हुनु अगाडि नै ऋतिकसँग यो चलचित्रका लागि कुरा भएको थियो । तर, सो समयमा कुरा फाइनल हुन सकेको थिएन ।सन् २००७ मा रिलिज भएको तमिल चलचित्र ‘विक्रम वेधा’मा नायक आर माधवन र विजय सेतुपतिले काम गरेका थिए । चलचित्रमा माधवन पुलिस अफिसर्स र सेतुपति ग्याङस्टारको भूमिकामा देखिएका थिए । यो चलचित्रको रिमेकमा भने ऋतिक ग्याङस्टारको भूमिकामा देखिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित : १२ पुस २०७७, आइतबार ००:००