२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

समाचार

पिपिई लगाएर चीनका उच्च अधिकारीको टोली काठमाडौंमा


१२ पुस २०७७, आइतबार ००:००

0
Shares

काटमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ ।
चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन । चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने तयारि रहेको छ ।चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो ।
चीनले चीनले संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन ।

प्रकाशित : १२ पुस २०७७, आइतबार ००:००