८ जेष्ठ २०८१, मंगलबार । May 21, 2024

समाचार

बेलायतबाट नेपाल आउन प्रतिबन्ध


७ पुस २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ ७ पुष । सरकारले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ ।
बेलायतबाट वा कुनै पनि ट्रान्जिट भएर आउने यात्रु नबोक्न प्राधिकरणले निर्देशन दिएको छ । यो निर्णय बुधबार बेलुकादेखि लागू हुनेछ ।
बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि यात्रु नल्याउन एअरलाइन्सहरूलाई निर्देशन दिएको छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झण्डै ५० वटा देशले बेलायतसँगको उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार ००:००