५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मनोरञ्जन

फिल्म हल खालेरै छोड्ने निष्कर्ष


६ पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं ६ पुष । नेपाल चलचित्र संघले आउँदो पुस १० गतेदेखि फिल्म हल खोल्ने घोषणा गरेको छ । पुष १० नजिकिदै गर्दा चलचित्र हल खोल्ने कुरा चलचित्र बजारमा बहसको विषय छ ।

सरकारले बारम्बार आफूहरुको मागलाई बेवास्ता गरेकाले एकतर्फी रुपमा हल खोल्ने घोषणा गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले एभरेष्ट विकलाइ बताएका छन् । ९ महिना हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपैयाँ भन्दा बढी घाटा लागेको उनको भनाइ रहेको छ ।
चलचित्र निर्माता चलचित्र हलमा लाउन कति आतुर छन् र चलचित्रले बजार पाँउला त भन्ने विषयमा पनि बहस भइरहेको बताइएको छ । चलचित्र हल खोल्नु फिल्म कर्मि र कलाकारका लागि राम्रो भएको कलाकारहरु बताउँदै आएका छन् ।

प्रकाशित : ६ पुस २०७७, सोमबार ००:००