५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

मनोरञ्जन

वुद्ध लामा र केवीकालाई अवसर


५ पुस २०७७, आइतबार ००:००

0
Shares


काठमाडौं ५ पुस। वुद्ध लामा र उनको कोरियोग्राफर पार्टनर केविका खत्रीले नायक भूवन केसीले निर्माण गर्ने नयाँ चलचित्रमा अवसर पाउने भएका छन् । , निर्माता भूवन केसीले नयाँ प्रतिभालाई अवसर दिन आफूले यो घोषणा गरेको बताए ।

भूवन केसीको ‘दि सुपर काजोल फिल्मस्’बाट बन्ने नयाँ चलचित्रमा बुद्धले एउटा गीतमा आफ्नो स्वर भर्ने भएका छन् । यस्तै, कोरियोग्राफर केविका खत्रीले एउटा गीतको भिडियोलाई कोरियोग्राफी गर्ने भएकी छन् ।
शनिबार प्रशारण भएको शोको फाइनलमा आयोजकले भूवन केसीको यो प्रस्ताव सार्वजनिक गरेका थिए । भूवनको यो प्रस्तावमा बुद्ध र केविका उत्साहित देखिए ।
भूवनले चलचित्र ‘पारस वा एन्टी हिरो’ मध्ये कुन चलचित्र पहिला छायांकनमा जान्छ भन्ने टुंगो नभैसकेको बताएका छन् । तर, जुन चलचित्र पहिला छायांकनमा गएपनि बुद्ध र केविकाले अवसर पाउने उनको तर्क छ ।

चलचित्रमा नायक अनमोल केसीको मुख्य भूमिका रहनेछ । चलचित्र ‘एन्टी हिरो’का लागि नायिकामा जसिता गुरुङ फाइनल भएकी छिन् ।

प्रकाशित : ५ पुस २०७७, आइतबार ००:००