५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

मनोरञ्जन

सुन्दर “भिकेटी” र ममता गुरुङको ‘पिरतीको भिसा’ सार्वजनिक (भिडियो )


४ पुस २०७७, शनिबार ००:००

0
Shares

काठमाडौं ४ पुस। गायक सुन्दर “भिकेटी” र गायिका ममता गुरुङको सुमधुर स्वरमा रहेको गीत ‘पिरतीको भिसा लगाईदेउ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय गीतकार डि.पी खनालको शब्द,कल्याण सिंहको संगीत र उदयराज पौडेलको संगीत संयोजम रहेको गीतको भिडियोमा “टिम कार्टुन” को साथमा टिकटक क्विन समिक्षा बस्नेत,करिश्मा सिंह ठकुरी,बिना राउत,युशला ओली लगायतलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको यस भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन । डश म्युजिकको प्रस्तुति रहेको “पिरतीको भिसा”लाई “डश म्युजिक नेपाल” को आफ्नै यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित : ४ पुस २०७७, शनिबार ००:००