५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मनोरञ्जन

धमला पत्नीले विकट गाँउमा घर बनाउँने


४ पुस २०७७, शनिबार ००:००

0
Shares

काठमाडौं ४ पुस। नायिका तथा मोडल एलिजा गौतमले एलिजा फाउन्डेशनको मार्फत देशका विभिन्न जिल्लाका विकट गाउँमा घर बनाउने भएकी छिन् । एभरेष्ट विकसंग कुरा गर्दै एलिजाले चैत्र ११ गते परेको मेरो जन्मदिनबाट मैले यो कार्यको सुरुवात गर्न लागेको बताइन् । अहिले धादिङको विकट गाउँमा १० घर बनाउने तयारी छ । भूकम्परहित ३ कोठाको घर बनाएर मैले यो अभियानलाई सुरु गर्न लागेकी हुँ उनले भनिन् ।’
नेपाली चलचित्र ‘अनुराग’मा काम गरेर कला क्षेत्रमा प्रवेश गरेकी एलिजा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । एलिजाले यो अभियानमा आफूलाई विभिन्न क्षेत्रका मानिसहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइन् ।

एलिजाका अनुसार, देशका विभिन्न जिल्लामा रहेका अती विकट गाउँमा पुगेर घर बनाउने अभियान चैत्र ११ गतेबाट सुरु हुनेछ ।

प्रकाशित : ४ पुस २०७७, शनिबार ००:००