३० बैशाख २०८१, आइतबार । May 12, 2024

समाचार

नेपालमा कोरोना : संक्रमितको कुल संख्या २ लाख ३६ हजार ६ सय ४६ पुग्यो, मृतकको कुल संख्या १ हजार ५ सय ३८ पुग्यो



काठमाडौं, १७ मंसिर । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १५६७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५ सय ३८ पुगको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ । भने हाल नेपालमा १६ हजार ५ सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार ००:००