२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

नेकपा गठन यताकै भिन्न परिदृष्यमा सचिवालय बैठक बस्दै



काठमाडौं १६ मंसिर । सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एकताको तीन बर्षयता आज भिन्न परिदृष्यमा बस्दैछ । चुनावी गठबन्धन गर्दै पार्टी एकता गरेको (नेकपा) ले अनेकौ उतारचढाव, मनमुटाव र आरोपप्रत्यारोप व्यहोरेता पनि आज पहिलो पटक दुई अध्यक्षले पेश गरेको भिन्दाभिन्दै राजनितिक प्रस्तावमाथी सचिवालयमा छलफल हुदैछ ।
रस्साकस्सीका बीच कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरे । १० दिनको समय लिएर अर्का अध्यक्ष केपी शर्मा ओलीले गत शनिबारको सचिवालय बैठकमा जवाफी राजनीतिक प्रस्ताव पेश गरे ।
दाहालले आफुमाथी संगीन आरोप लगाएको भन्दै ओलीको प्रस्तावमा दाहालमाथी दर्जनौ प्रतिप्रश्न उठाइएको छ ।
दाहालको प्रस्तावमा नेकपा गठन भएपछिका विषयवस्तु उठाइएको छ भने अर्का अध्यक्ष ओलीको प्रस्तावमा सशस्त्र युद्धसम्मका विषयवस्तुहरु समेटिएको छ । राजनीतिक नियुक्ति, कर्णाली प्रदेश विवाद, मन्त्रीपरिषद पुनः गठन लगायतका विषयमा बढेको विवाद सचिवालय बैठक हुर्दै १८ मंसिर स्थायी कमिटी र २५ मंसिरमा केन्द्रिय कमिटीमा लैजाने तयारी छ ।
नेकपा भित्रको विवादले कस्तो मोड लिन्छ । आजको सचिवालय बैठकले संकेत गर्नेछ । पार्टी कार्यालयमा बस्ते भनिएको सचिवालय बैठक सुरक्षा थ्रेट भन्दै बालुवाटर बोलाइएको छ ।

प्रकाशित : १६ मंसिर २०७७, मंगलबार ००:००