१२ बैशाख २०८१, बुधबार । April 24, 2024

प्रबिधि

प्राविधिक शिक्षा विस्तार द्रूत गतिमा अघि बढ्छ : मन्त्री नेम्बाङ्ग



पाँचथर, ११ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले समयानुकुल प्राविधिक शिक्षा विस्तारको कार्य द्र्रूतगतिमा अघि बढ्ने बताउनुभएको छ । बिहिबार पाँचथरको फिदिम नगरपालिका वडा नं. ६ सिवा स्थित सिद्धकालिका माविमा सूचना सञ्चारप्रविधि कक्ष (आसीटी ल्याब)को उद्घाटन गर्दै मन्त्री नेम्बाङ्गले प्राविधिक शिक्षाले मात्रै सबै शैक्षिक जनशक्ति स्वरोजगार बन्न सक्ने वताउनुभयो ।
स्वरोजगार जनशक्तिको उत्पादनले मुलुकको समृद्धिको यात्रालाई ठोस् योगदान हुनसक्ने मन्त्री नेम्बाङ्गको भनाई छ । पाँचथरका छ वटा विद्यालयहरुमा आइसीटी ल्याब स्थापना भइरहेको जानकारी उहाँले सरकारले पाँचथरमा जस्तै देशभरका सबै माध्यमिक विद्यालयहरुमा प्राविधिक शिक्षा विस्तार गर्दै लैजाने वताउनुभयो । उहाँले प्राविधिक शीपयुक्त जनशक्ति उत्पादनमा आम समुदायको सहयोगको अपेक्षा समेत गर्नुभयो ।
प्राविधिक शिक्षाका लागि आवश्यक विद्युत विस्तारको कार्य समेत द्रूत गतिमा अघि बढेको मन्त्री नेम्बाङ्गले वताउनुभयो । मन्त्री नेम्बाङ्गले शिक्षकहरुलाई प्रविधिलाई प्रयोग गर्न सक्षम भई विद्यार्थीहरु मार्फत आम समुदायमा प्रविधिको विस्तार गर्ने कार्यमा योगदान गर्न आग्रह गर्नुभयो ।
इन्टरनेट विस्तारको कार्यलाई द्रूत बनाउनकै लागि सरकारले देशका मुख्य राजमार्गहरुमा फाइवर विस्तारको कार्य थालेको उहाँको उहाँले बताउनुभयो ।


मन्त्री नेम्बाङ्गले सरकार चौतर्फी विकास मार्फत समृद्धि हाँसिल गर्ने दिशामा प्रयत्नरत रहेको र यहि कार्यका लागि जनताले मत दिएको उल्लेख गर्नुभयो । जनमतलाई सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अघि बढ्नेमा उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सिद्धकालिका माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर आङ्देम्बेले विद्यालयका आवश्यकताका विषयमा मागपत्र पेश गर्नुभयो । विद्यालयका प्रधानाध्यापक नन्दकिशोर तुम्रोकले आइसीटी प्रयोगशालाको सदुपयोगका लागि थप पूर्वाधार, प्रविधि र जनशक्ति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित : ११ मंसिर २०७७, बिहिबार ००:००