३० बैशाख २०८१, आइतबार । May 12, 2024

समाचार

नेकपाको स्थायी कमिटीको बैठक आगामी २६ गते बस्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी २६ गतेका लागी स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवम् नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमा मार्फत उक्त जानकारी दिएका हुन् ।

उक्त ट्वीटमा साउन १३ गते स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको उल्लेख छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा यस्तो निर्णय भएको हो । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार ००:००