२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

साहित्य

पराजितका पाँच कविता



समय-यात्रा

समय यात्रा गर्दो रहेछ

देखेको थिए
“घन्टाघरको भित्तामा  झुन्डयाईएको ठुलो घन्टे घडी
घरको भित्तामा टाँसिएको भित्ते घडी
हातको नाडीमा बाँधिएको सस्तो, महशङ्गोवाला जुनै घडी
घडीभित्र बन्द भएका काटाहरू मात्र हिड्छन्
समयको संकेत गर्छ “- सोच्थे

समयको यात्रामा-
स          स
       म
              य
आउँदोरहेछ कहिले प्राकृतिक प्रकोप बनेर
आउँदो रहेछ कहिले रोग विपत्ति महामारी बोकेर
आँदो रहेछ कहिले युद्द कोत भिरेर

ठिक यति बेला-समय यात्रा
सारा ब्रह्मान्ड खन्ड खन्ड डब्बामा कोचिएको छ
ठुलो भोटे ताल्चा कसेर-
रोग,
भोक,
शोक,
सन्त्रास,
सन्नाटा,
भय,
मृत्य बोकेर
बाङ्गोप सागरको नजिकैबाट
समय यात्रा गरिरहेको छ

यदि,
विज्ञान वरदान सावित हुन्छ भने-
विज्ञान आविष्कार हो भने-
मानिस र ब्रह्मान्डको आस्तित्व बचाउँने छ
नत्र, हामी बाँचिरहेको क्षण
पलपल-
दिन –
रात –
अन्तिम उत्सव हुनेछ
समय यात्रामा छ

त्यसैले
भत्काऊनु छ खन्ड-खन्ड भएर लागेका डब्बाको भोटे ताल्चा
हटाऊनु छ हरेकको अनुहारबाट मास्क
लड्नु छ एक टुक्रा भोकको युद्ध
हिड्नु छ समयको यात्रासंग
जोगाऊनु छ मानव जीवनको अस्तित्वको क्षेत्रफल
कायम राख्नु छ ब्रमान्डको गति
अब,सुदुरपूर्वी बस्ति फर्केर
रोप्नुछ सिस्नुको वेर्नाहरू
उभ्याउनु छ नयाँ विन्दुनेर ब्रमान्ड
समयले यात्रा गरिरहेछ

समय यात्रामा छ
समय पनि यात्रा गर्दोरहेछ ।    

माटाेकाे गीत                    

फक्ताङलुङको फेदमुनि
खन्ड-अखन्ड संभ्यता
आवादिक भूमीहरु
बस्थे आदिम भुईमान्छेहरु

देवल घुम्यो
ठुला -ठुला आँधी तुफान आए
कठै !
कुनै हल्चल विना ती विचराहरु
जिउँदो लास झै बाँची रा’ छन्

तमोर कावेली
सयौँ पटक धमिलीए र सङ्लिए
किनाराहरु वर-पर  फेरीए

अ-किन्तु
ती भुईमान्छेहरु अझै
लामी बगरको तेर्सै तेर्सो हिडिरहेका छन्
ताप्न पाएका छैनन् फालेलुङको चिसो बतास
खेल्न पाएका छैनन्-शान्तिको सुस्केर
विसाउन पाएका छैनन् अन्यायको गह्रौ भारी
सेक्न पाएको छैनन्  न्यायको समान घाम

त्यसैले,
आऊ बस्नु छ पुन: अब
आम्बे पोजामामा चुम्लुङ
गाड्नु छ, चोत्लुङ तीन तियाली तीन बाँचा गरेर

र..
उधाऊनुछ, तिलिङगा पोखरीको पानी
बनाऊनुछ, लिसो पासो
खिप भलायो र सामसिङमुक्तोको किल्लाहरु
तयार गर दलसिँग ढुङगाहरु
बाध्नु छ बैरीको साँध

सिमाङ्गौडीमा सिमलको रूख हुर्की सक्यो
एक थान कलस राखेर
गर्नु छ माङगेना
छेकनु छ नाहेन
से:क्मुरी फूलहरु जगाऊनु छ
तीन राते, सात राते तङसिङ ऊभयाएर

इक्शा खाम्बेक भरी.. भरी
कानायङहरु जेलिन्दै छन्
उजाडिन्दै छ मानक आवाद
हराई रहेको छ मानक संवेदना
नामसामीको बाँजो हातहरुले पुन:
गाउनु छ माटोको गित ।   


विज्ञापन

हरेक विहान
रेडियो र टेलिभिजनबाट बज्ने
धार्मिक कार्यक्रम जस्तै
वालमा हल्लाको पोष्टर टाँसेर
नागिंन तस्विर झुन्डयाएर
भक्तजनहरूको आँखादेखि मन मुटुसम्म टाँगिएको छ

जीन्दगी-
अलिकति साधा छ
अलिकती रंङ्गिन छ
अलिकति नाफामा छ
अलिकति घाटामा छ
अलिकति मिलेको छ
अलिकति नमिलेको जस्तो छ

एउटा जीन्दगी छ
कोहि किन्तिमा हुनुहुन्छ भने विक्रीमा छ ।

जीन्दगी-
अलिकती बाँझो छ
अलिकती दलदलामा छ
अलिकती प्यास छ
अलिकती भोक,आशा छ
अलिकती रिस छ
अलिकती घमन्ड, अनुराग छ
अलिअलि सप्पै…सप्पै छ…

एउटा जीन्दगी छ-
कोहि किन्तिमा हुनुहुन्छ भने विक्रीमा छ ।

विश्व बजारमा रहेक बस्तु किनबेच हुन्,छ तर दाम हुदैन्
हल्ला-
सौन्दर्य-
भ्रम-
श्रम-
विचार-

आफुसंग त्यही साधा जीन्दगी छ
त्यो पनि लिलाममा छ,

एउटा जीन्दगी छ,
कोहि किन्तिमा हुनुहुन्छ भने विक्रीमा छ

विज्ञापन-
-पूँजीवादी अर्थबजारमा हरेक बस्तुको बिक्रीभाऊ हुन्छ ।

विरामी वतास
         

दिनहरूलाई रातले ढाक्दै ढाक्दै गएपछि
रातको साम्रज्य उकालो उकालो चढ्दो रहेछ,

समय-
प्रस्थान,
मध्य,
चरम-
एक विन्दु रहेछ,

प्रस्थान-
अन्धकारको गहिराई गहिरिदै जाँदा
फिस्स हाँस्छ, माथि…आकाश गंगामा जून
चलबलाउन थाल्छ मौन सुतिरहेको सागर
उठ्छन् छालहरू नजानिन्दो नजानिन्दो..पारामा
संकेत दिन्छ समयले अर्धयान्हको
चरम उत्कर्षमा उठ्छन, झर्छन् छालहरू-नियती

समय,विन्दु- शुन्यता हो,
शुन्यता भ्याकुम हो
सागरमा छालहरू उठछन् जब, बग्छ बतास वर-पर,पर-वर
भरिन्दै जान्छ शुन्य भ्याकुम भित्र हावा
ठुलो ज्वारभाटा उठ्छ पुन:
किनाराकृत सम्म पुग्छ एउटा जीऊदो जीवन
उडाऊछन् पर…पर …सम्म मसिना कसिंगर ,पातपतिडं्गरहरू
र, बन्छ वतास विरामी

यहि विरामी वताससंग-
विरामी मन
विरामी मुटु
विरामी मष्तिक बोकेर
ढोलचौरको चौरास्ता सम्म उड्छ चक्रब्यु
त्यही भुँमरीभित्र झ्याली पीटी रहेकाछौं अवोला कोहिहामी
बिरामी-
बिरामी-
…मष्तिकहरूसंग ,

र,,,,
बन्छ विरामी वतास
वतास विरामी भएर उड्छ

दिनहरूलाई रातले ढाक्दै ढाक्दै गएपछि
रातको साम्रज्य उकालो उकालो चढ्दो रहेछ

ओ! रात,
मलाई रातको एकान्त प्रिय लाग्छ
हरेक सुन्दर काम रातको मौनतामा हुन्छ
ठुलो ठुलो परिवर्तनका आँधी तुफान रातरात उड्छ
रातहरू ढलेर नै दिन आऊछ,

तर..
दिन हल्ला बाजको लागि हो
दिन जाल साँजीहरूको लागि हो
दिन त आँखा नदेखनेहरूको लागि हो ।      


कविताको शालिक
            

भानुभक्त बाजेको
ठिक शालिक मुनि उभिएर
कविताको ईनार खुनी रहेको छु- पुनरावृत्तिको
ऊभ्याउनु छ शिवलिङ्ग -नाप्नु छ आफ्नो लिङ्ग

उहिले- उहिले
संस्कृत भाषा पढ्न,लेख्न जान्नेहरु
महाकवि, आदिकवि, आँशुकवि भए
अलि-अलि पाश्चात्य भाषामा ज्ञान हुनेहरु
कविसम्म भए
दुवै भाषा नबुझने- आदिम मानव हामी
दुदीलोको हाँगामाथि चढेर पिपिरी बजाउदै
विचारको रंग घोलेर
विनिर्मित पूर्ण चित्र कोरीरहेका छौँ-मौलिकताको

उता पर..पर,,
पुरानो याक्साको चिम्निमाथि
धुवाँका च्यामवरहरू भित्र 
युमा सामको तानको मधुरो कार्बन छाया

बिद्रोह गदैँछु- म
कसैलाई  नसुनाउनु भनेको आमाको दन्तय कथामा
खोज्छु,
समयले चपाएको बराजुको बङगरा
भुगोलभित्र हराएको बाजेको कुर्कुचा

लाखौँ माइल यात्रामा थाकेर आएको
प्यासै प्यासमा भौँतारीएको यात्री
धर्मशालाको नाममा खनाएको कुवाको पानीले
प्यास मेट्छ कि मेटिन्दैन ?
सागुरो घेरा लाएर घेरिएको
वर पिपलको मुनि घुमाऊने फलैचामा
शितल्ताको थकाई मर्छ कि मर्दैन् ?
अग्लो डाडामाथिबाट हेर्नू छ
पूर्णिमाको सोलोगोलो चन्द्रमा
इन्द्रेनीको सातरङ्ग  मिसिएको रङ्ग

र..
पृथ्वी लोक भरी लेवासेन फूलहरु छरेर
पोरकमीबाको बगैँचा सजाऊनु छ
त्यही उभ्याउनु छ
आदिम भुईमान्छे-हरू बिच
कविताको एउटा शालिक ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार ००:००