१५ बैशाख २०८१, शनिबार । April 28, 2024

Breaking

भारत हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा



एजेन्सी । भारतले हिन्दीलाई विश्वभाषाव्यापी बनाउने प्रयास थालेको छ । भारत सरकारले हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको त्यो रकमको चेक हस्तान्तरण गरको हो । कम्बोजल बहुभाषिकताको बृहत्तर उद्देश्य तथा भाषागत समावेशिता प्रवद्र्धनमा भारत सरकारको यो योगदानबाट कामयाबी हुने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्रसङ्घका गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादन, हिन्दीभाषी सर्वसाधारणसमक्ष फेसबुक, इन्स्टाग्राम, ट्वीटरलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न तथा हिन्दी भाषा बोल्नेहरूको आवाजलाई विश्वव्यापी रुपमा पुर्याउन सहयोग हुनेछ ।

प्रकाशित : १० श्रावण २०८०, बुधबार ००:००