२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

Uncategorized

उपलब्धीबिहीन ओली–प्रचण्ड भेटवार्ता



काठमाडौं २४, असार । पार्टीभित्रको विवादलाई समाधान गर्न भन्दै भएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकलम दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता फेरि निश्कर्षबिहीन सकिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुकी करिब दुई घण्टा भेटवार्ता भएको थियो। नेकपाको जारी स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा माग भएको छ।

पार्टीका अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले पनि पटक–पटक ओलीको राजीनामा माग्दै आएका छन्।

राजीनामा माग्ने पक्षले ओलीले पार्टी र सरकार दुबै प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको आरोप लगाउँदै आएका छन्।

राजीनामा मागिएपछि चर्किएको विवादले पार्टीलाई बिभाजनको सम्मुख पनि पुर्यायाे। तर, पार्टी भित्रका दोस्रो तहका नेताहरूले पार्टी बिभाजनबाट बचाउन अध्यक्षद्धयलाई खबरदारी गरेपछि तत्काललाई पार्टी बिभाजन हुने सम्भावना टरेको जस्तो देखिएको छ।

यद्यपि, ओलीको राजीनामा माग्ने पक्षले अध्यक्षबाट राजीनामा नदिएपनि प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने अडानलाई यथावत राखेको छ। प्रचण्डले प्रधानमन्त्री पद छाडेर विवाद समाधान गर्नु पर्ने ओलीलाई विकल्प दिएका छन्।

ओलीले भने दुबै पद आफू नछाड्ने दोहो¥याउँदै आएका छन्। यसले गर्दा पटक–पटक दुई अध्यक्षबीच भएको वान टु वान वार्ता कुनै सहमति बिना टुङ्गिने गरेको छ।

विवाद समाधानका लागि सहमतिको बिन्दू खोजी गर्न भन्दै दुई अध्यक्षबीच वार्ता गराउनै जारी स्थायी कमिटी बैठक चौंथो पटकसम्म स्थगित भइसकेको छ। पर्सी ११ बजे बस्ने गरी आज बोलाइएको बैठक स्थगित भएको हो।

बैठक स्थगित गरेर सहमतिको बिन्दू खोजीका लागि भइरहेको वार्ता निरर्थक भइरहेपछि नेकपाको विवाद त्यसै समाधान नहुने देखिएको छ।

प्रकाशित : २४ असार २०७७, बुधबार ००:००