४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

ग्लोबल

कोभिड–१९ विरुद्ध खोप परीक्षणमा सफलता, तीन सय मानिसमा परीक्षण तयारी



काठमाडौं १२, असार । अनुसन्धानकर्मीहरूलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षणमा एक पछि अर्को सफलता मिल्दै गएको छ।

उनीहरूले अब मानिसमै अर्को खोपको परीक्षण सुरु गरेका छन्। हालै लन्डनमा एक जना स्वयमसेवकलाई पहिलो पटक परीक्षणका लागि खोप दिइएको छ।

उक्त खोप लन्डनको इम्पेरियल कलेजले विकास गरेको हो। अनुसन्धानकर्मीहरूले ती स्वयमसेवक स्वस्थ र नजिता पनि राम्रो देखिएको दाबी गरेका छन्।

यो सफलतापछि अनुसन्धानकर्मीहरूले एकैसाथ तीन सय जना मानिसमा खोप परीक्षण गर्ने तयारी गरेका छन्।तर, आगामी अक्टोबरमा मात्रै उक्त सङ्ख्याका मानिसहरूमा खोप परीक्षण गर्ने जनाइएको छ।

खोप परीक्षणको अगुवाई गरेका प्राध्यापक रोबिन स्याटकले सन् २०२१ को सुरुसम्ममा विभिन्न देशमा खोप वितरण गर्न सकिने पनि बताएका छन्।

लन्डनमा ती स्वयमसेवकमा खोप परीक्षण गर्नुपूर्व अनुसन्धानकर्मीहरूले जनावरमा परीक्षण गरेका थिए। परीक्षणपछि जनावरको कोभिड–१९ विरुद्ध प्रतिरक्षा प्रणाली सबल बनाउन भूमिका खेलेको बताएका थिए।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ००:००