५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ९ हजार नाघ्यो



काठमाडौं ७, असार। नेपालमा कोरोना संक्रमितको सङ्ख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार (आज) मात्रै कूल ४ सय २१ जना नयाँ संक्रमित थपिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितमध्ये ३ सय ५७ जना पुरुष र ६४ जना महिला रहेको नियमित प्रेस ब्रिफिङको क्रमममा बताए।

नयाँ संक्रमितसँगै कूल संक्रमितको सङ्ख्या ९ हजार २६ जना पुगेको छ। र, निको भएर घर फर्किनेको सङ्ख्या १ हजार ७ सय ७२ जना पुगेको छ। उनीहरूमध्ये १ सय ९४ जना गएको २४ घन्टामा अस्पतालबाट डिस्चार्ज भएका हुन्।

यसरी डिस्चार्ज हुनेमा १ हजार ६ सय २३ जना पुरुष र १ सय ४९ जना महिला रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : ७ असार २०७७, आइतबार ००:००