३१ बैशाख २०८१, सोमबार । May 13, 2024

अर्थ

बार्षिक ४३ लाख भन्दा बढी धुवाँमा उडाउँदै इटहरी उपमहानगरपालिका



मंसिर १३, इटहरी । इटहरी उपमहानगरपालिकाले बार्षिक ४३ लाख भन्दा बढीको इन्धनमा खर्च गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । इटहरी उपमहानगरपालिकामा रहेका सवारी साधनमा इन्धन प्रयोजन बापत बार्षिक ४३ लाख ४१ हजार ३ सय ७४ रुपैयाँ ९९ सय पैसा रकम धुवाँमा उडाउने गरेको तथ्य सार्वजनिक भउको हो ।

उपमहानगरपालिकामा रहेको ३३ वटा सवारी साधनले करिव ४४ लाखको इन्धन खर्च निकाल्ने गरेको उपमहानगरले जनाएको छ । यो रकम मध्ये मासिक इन्धन खर्च सरदर ३ लाख ६१ हजार ७ सय ८१ रुपैयाँ देखिन्छ । यो इटहरी उपमहानगरपालिकामा इन्धन खर्च यति देखिनु जनप्रतिनिधि तथा कर्मचारीका लागि सामान्य रहला । तर, सर्वसाधारणका लागि भने यो रकम सानो हैन ।

अहिले उपमहानगरपालिकाले महंगो कर बढाएको भन्दै आलोचना भईरहेको बेला जनप्रतिनिधि र कर्मचारीलाई उक्त करको रकमले बिलासी खर्च गरिरहेको प्रति सर्वसाधारण आक्रोशित बनेका छन् । अहिले नगरपालिकाले नयाँ सवारी खरिी गर्नु आवश्यक नरहेको स्थानीयको ठम्याईँ रहेको छ । नगरपालिकामा दुईवटा बारुण यन्त्र रहेको भएपनि एउटा बिग्रेर त्यतिकै थन्केको छ । नगरपालिकामा बिग्रेको बारुण यन्त्र मर्मत नभई राखेको बेला इटहरीले नयाँ सवारी खरीद गर्नुले कर्मचारी र जनप्रतिनिधिको हालीमुहाली देखाउँछ । इटहरीका सेकुवा पसल अगाडि रोकिराखेको सेतो नम्वर प्लेटको गाडी पारिवारिक भ्रमणका लागि पनि प्रयोग हुने गरेको पाईए पनि सम्बन्धित निकाय भने बेखबर रहेको देखिन्छ ।

केही समय अगाडि ३२ वटा मात्र सवारी रहेको उपमहानगरपालिकामा,’ एक कर्मचारीले भने, अहिले एउटा स्कारपियो थपिएर ३३ वटा भएको छ ।’ उनका अनुसार ३२ वटा सवारीमा गत आर्थिक बर्षमा इन्धन बापत सो रकम खर्च हुने गरेको बुझिएको छ । इटहरी उपमहानगरपालिकामा १५ वटा मोटरसाईकल, तीनवटा स्कुटर, ५ वटा ट्याक्टर, ४ वटा जिप, दुईवटा ट्रिपर, एउटा कार, एउटा कन्टेनर, एउटा लोडर रहेको उपमहानगरपालिकाको तथ्याङ्कमा रहेको छ । जसमध्ये एउटा स्कारपियो केही साता अगाडि मात्र खरीद गरिएको बताए ।

ेउक्त सवारी मध्ये नगरप्रमुख र उपप्रमुखले एक–एक वटा स्कारपियो प्रयोग गर्दै आएका छन् भने प्रमुख प्रशासकीय अधिकृतले कार प्रयोग गर्ने गरेका छन् । त्यस्तै, प्रमुख महिला विकास अधिकृतलाई स्कुटर, लेखा अधिकृत, लेखाले सेतो नम्बर प्लेटको मोटरसाइकल तथा स्कुटर प्रयोग गर्दै आएका छन् भने अन्य प्रयोग गरिएको सवारीमा नाम मात्र खुलाइएको छ ।

यता प्रमुख प्रशासकीय अधिकृत केशव बिमलीले यहाँ रहेका २० वटै वडाका सबै कर्मचारीलाई सवारी नदिएपनि इन्धन दिएको बताए । ‘यहाँका २० वटै वडाका कर्मचारीलाई लाईसेन्स भएको खण्डमा मासिक ५ लिटर इन्धन दिने भनिएको छ,’ उनले भने, ‘मेशिनरी र औजारका लागि पनि इन्धन प्रयोग हुँदै आएको छ ।’ उनका अनुसार वडाका कर्मचारी तथा वडाध्यक्षलाई सवारी नदिएको भएपनि कर्मचारीहरुका लागि कार्यपालिकाले नै निर्णय गरेर इन्धन दिने गरिएको छ ।

उनले नगरप्रहरीहरुलाई अझै एउटा ठुलो सवारी आवश्यक रहेको बताए । बिग्रेको दमकल मर्मत भएको छैन, सवारी कति खरिद गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो हेब्बी लोड भएकाले बनाउँन समस्या भएको हो, यता मर्मत हुन समस्या रहेछ, काठमाडौँ नै लैजानु पर्ने अवस्था छ ।’ उनले बारुण यन्त्र बिग्रिएर थन्किएको स्वीकार गर्दै भने, त्यो मर्मत गर्नुपर्छ भन्ने कुरा भएको छ, यो पटक मर्मत हुन्छ ।’ बार्षिक रुपमा उक्त रकम इन्धनमा खर्च हुनु स्वभाविक हो र ? भन्ने प्रश्नमा भने बिमलीले उक्त रकम धेरै नभएको तर्क गरे । होईन त्यस्तो धेरै त हो जस्तो लाग्दैन,’ उनले भने । आम सर्व साधारणले तिरेको कर वापतको रकम यति धेरै धुवाँमा उडेर जानुमा देश समृद्ध होइन अधोगतिमा जानेमा सर्वसाधारणको चिन्ता छ ।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार ००:००