५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

अर्घाखाँची दुर्घटना अपडेट : १९ जनाको मृत्यु, हालसम्म ११ जनाको सनाखत



फोटोः फेसवुकवालबाट

१२ मंसिर, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क नगरपालिकामा बस दुर्घटना हुँदा १९जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ११ सनाखत गरेको ५ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले बताए ।

घाइतेमध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ रेफर गरिएको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको टोली थप घाइतेको उद्दार गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ००:००