७ जेष्ठ २०८१, सोमबार । May 20, 2024

अर्थ

ठेकेदारलाई ताकेता गर्न माथिल्लो तामाकोशीको आयोजनस्थल पुगे कुलमान



मंसीर १०, काठमाडौं । दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको निर्माणधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम लक्ष अनुसर समयमा सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जा सचिव दिनेश घिमिरेसंग निर्माण कम्पनीलाई आयोजनाको काम द्रुत गराउन आयोजनास्थल कोलकोत्ता पुगेका छन् ।
लक्ष्य अनुसार काम भयो भने आगामी असार मसान्तसम्म माथिल्लो तामाकोसीबाट विजुली उत्पादन सुरु भइसक्नुपर्छ । तर अझै केही जटिल र महत्वपूर्ण कामहरु भने बाँकी नै रहेकाले समयमा नै सम्पन्न हुन्छ भन्नेमा ढुक्क भइहाल्ने अवस्था भने छैन ।

विद्युत प्राधिकरणका अनुसार ठाडो सुरुङमा पेनस्टक पाइप हाल्ने लगायतका चुनौतीपूर्ण कामहरु निर्विघ्नरुपले भए यथासमयमा आयोजना सम्पन्न हुन सक्छ । अन्तिम समयमा कुनै कारणवस गडबडी आएर तामाकोशी आयोजना अर्को मेलम्ची नबनोस् भन्नेमा प्राधिकरण सचेत भएर लागेको कार्यकारी निर्देशक घिसिङको भनाई छ भने त्यसैले ठेकेदारलाई काममा जागरुक गराउन पनि आफू लागि परेको उनको भनाई रहेको छ ।
। यो आयोजना सञ्चालनमा आएपछि नेपालले भारतमा वर्षाको मौसममा पर्याप्त विजुली निर्यात गर्न सक्ने प्राधिकरणको भनाइ छ । आयोजनाका उच्च अधिकारीहरुसहितको टोलीले आइतबार भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोको उच्च तहसँग वार्ता गरेको छ । टेक्सम्याकोले पेनस्टक पाइप आपूर्ति तथा जडानको लट २ को ठेक्का पाएको छ ।

टेक्स्म्याकोका कारण नै माथिल्लो तामाकोसीको काममा ढिलाइ हुँदै आएको छ । अहिले पनि कम्पनीको कामको गति सन्तोषजनक नरहेको आयोजनाका एक अधिकारी बताउँछन् । वार्तामा सहभागी एक अधिकारीका अनुसार टेक्सम्याकोले काममा तीव्रता दिने ओठे प्रतिवद्धता दोहोर्‍याएको छ । तर अबको तीन हप्ताभित्र उसको काम हेरेर मूल्यांकन गर्न सकिने ती अधिकारीको भनाइ छ ।

कोलकतामा भएको वार्तामा टेक्सम्याकोका अध्यक्ष एसके पोद्दार र कर्पोरेट सल्लाहकार आर महेश्वरी पनि सहभागी थिए । टेक्सम्याकोले हाल आयोजनाको ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जोड्ने काम गरिरहेको छ । ३७२ मिटरको तल्लो ठाडो सुरुङमा अष्ट्रियन कम्पनी एन्ड्रिजलाई जिम्मा दिइएको छ । एन्ड्रिज आयोजनाको लट तीन को इलेक्ट्रोमेकानिकलतर्फको ठेकेदार हो ।

सुरुमा दुबै ठाडो सुरुङमा पेनस्टक जोड्ने काम भारतीय कम्पनीकै जिम्मामा थियो । तर, उसले ढिलाइ गरेपछि वार्तामार्फत गत पुस २३ मा एन्ड्रिजलाई तल्लो सुरुङमा पेनस्टक जोड्न जिम्मा लगाइएको छ ।

आयोजनाका लागि सबैभन्दा जटिल मानिएको यो काममा ढिलाइ भए आयोजनाको म्याद थप घचेटिने अवस्था छ । त्यसैले कम्पनीको उच्च व्यवस्थापनसँग नै वातामार्फत समस्या समाधान गर्न नेपाली टोली कोलकत्ता पुगेको हो ।

प्रकाशित : १० मंसिर २०७६, मंगलबार ००:००