२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

समाचार

राजमार्गमा सञ्चालित होटलहरुमा अनिवार्य कन्टेनर राख्न निर्देशन



मंसिर ६, काठमाडौं । संस्कृती नगारिक उड्यायन मन्त्रालयले सार्वजनिक यातायात क्षेत्र सुधारका लागि भ्रमण वर्ष २०२० अभियान लाई सफल र सार्थक बनाउन सार्वजनिकस्थल सफा र स्वच्छ राखेर सरकारलाई सहयोग गर्न राजमार्गमा सञ्चालित होटेलहरुलाई निर्देशन जारी गरेको छ ।

अब राजमार्गसहित सार्वजनिक स्थानमा खुलेका होटेल तथा मोटेलहरुले सार्वजनिक सवारी साधनबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन गर्न अनिवार्य कन्टेनर राख्नु पर्ने जनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन प्रशासनमार्फत स्थानीय तहलाई त्यसको नियमन गर्नसमेत आग्रह गरेको छ । सोही अनुसार होटेलहरुले सरसफाई व्यवस्थापनमा संरचना बनाए नबनाएको अनुमगन सम्बन्धित स्थानीय तहले गर्ने छन् ।

फोहोर व्यवस्थापनका लागि सार्वजनिक सवारी साधनको प्रस्थान र आगमन विन्दुमा फोहोर व्यवस्थापन गर्ने कन्टेनरको समेत व्यवस्था गर्न मन्त्रालयले स्थानीय सरकारहरुसमक्ष आग्रह गरेको छ ।

प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार ००:००