२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

समाचार

सार्वजनिक रुपमा वेइज्जत गरेको भन्दै विरोध गर्नेहरुको विरुद्ध ठेकेदारहरुको आक्रोष



मंशीर ६, काठमाडौं । कामको जिम्मेवारी पाएर समयमा काम नगर्ने र कामको समयावधी लम्ब्याएर पटक–पटक समय थप्नु पर्ने समस्या एक ठाउँको मात्र होइन यो समस्या देशकै समस्या हो । यो समस्या झन ठूलो समस्याको रुपमा बढ्दै गइरहेको छ । यस्ता समस्याको समाधान गर्न सम्बसन्धित निकायले सरोकारवाला निकायहरुसंग छलफल गरी अघि बढ्नु पर्ने आवश्यक्ता देखिन्छ ।
बर्षौंदेखि चर्चामा रहेको मेलम्चि खाने पानी आयोजनाको काम समयममा सम्पन्न नहुँदा काठमाडौंबासीले त्यसको नियती व्योहर्नु परेको तितो यथार्थ छ । बर्षौंदेखि प्रधानमन्त्रीहरुले मेलम्चीको पानी तुरुन्तै आउँछ भनेर काठमाडौंवासीलाई ढाँटीरहेको छ । तर आयोजना कहिले सकिने हो कुनै टुङ्गो छैन ।
एकातिर निर्माण कम्पनीहरुले कामको जिम्मेवारी लिएर समयमा काम नगर्ने प्रबृतिले निर्माण आसपासमा वसोवास गर्नेहरु आजित छन् । अर्को तिर निर्माण व्यवसायीहरु भने सरकारी ढिलासुस्तीका कारण तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको भन्दै दोष जति संचार माध्यमदेखि लिएर सामान्य नागरिकसम्मले निर्माण व्यवसायीलाई मात्रै थापर्ने भन्दै गुनासो गरेका छन् ।
अघिल्लो हप्ता मात्रै नेपाल कम्यिुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घर धनि उच्च ठेकेदार सारदाप्रसाद अधिकारीको बाँदर सहितको फोटो सार्वजनिक यातायातको साधनहरुमा टाँसेर साढे दुई वर्षमा सकिने काम ७ बर्षमा पनि नसकेको भन्दै स्थानीयले पहिला गरिने विरोध भन्दा विरोध गर्ने शैली अपनाए । विारोधको स्वारुप संचार माध्यहरुमा र सामाजिक संजालहरुमा प्रकाशन तथा प्रशारण भएपछि यो स्वरुपले राम्रै चर्चा पायो र यसैको सिको गर्दै देशका अन्य ठाउँहरमा पनि तोकिएको सयमा काम नगर्ने ढिलासुस्ती काम गर्ने ठेकेदारहरुको फोटो सार्वजनिक रुपमा टाँस्ने र सार्वर्जनिक बैइज्जती गर्न थालिएको छ ।
स्थानीयले विरोधको स्वरुप परिवर्तन गरेर ठेकेदारहरुको सार्वजनिक बेइज्जती गर्ने क्रम बढेपछि ठेकेदारहरु त आक्रोशित बनेका छन् नै ठेकेदारहरु मात्रै होइन निर्माण व्यवसायीहरुको छाता संस्था निर्माण व्यवसायी महासंघ नै विरोध गर्ने यो शैली अति भएको भन्दै यसरी विरोधको नाममा उछृङ्खल तरिकाले काममा ढिलासुस्ती गर्ने हामी निर्माण व्यवसायीहरुको मानमर्दनमाथि यसरी सार्वजनिक रुपमा मानमर्दन भइरहेको भन्दै आफूहरु यसबाट थप प्रताडित र आतंकित भएका छौं । व्यक्तिगत रुपमा यसरी मानमर्दन भइरहे कानूनी उपचारमा जान बाध्य हुनेछौं ।’ भन्दै स्थानीयलाई धम्कि दिन थालेका छन् । उता सरकार भने निर्माण व्यवसायीको नाममा कामको जिम्मा लिएर समयमा काम नगर्ने ठेकेदारहरुलाई पटक पटक समय थप गर्दै ठेकेदारहरुलाई पोस्ने काम गरिरहेको भन्दै यस्ता ठेकेदारहरुलाई कडा कार्वाही गर्न माग गरिदै आएको छ ।

प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार ००:००