५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण पस्चात आजै पदभार ग्रहण



मंसीर ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले पहिलोपटक मन्त्री परिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई आज अपरह्न राष्ट्रपती विद्यादेवी भण्डारीले राष्ट्रपती कार्यालय शितल निवासमा सपथ खुवाएका छन् । राष्ट्रपती भण्डारी मार्फत सपथ ग्रहण लगतै नवनियुक्त मन्त्रीहरुले आजै आ–आफ्नो पदभार ग्रहण गरेका छन्
प्रधानमन्त्रीको कडा आलोतचक घनश्याम भुषाललाई कृषी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् कषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हल्दै भुसालले आफूले लोभ र डरमा काम नगर्ने समग्र किसानहरुको भलो र हीतमा काम गर्ने प्रतिबद्धता जनाए । हृदयेश त्रिपाठीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारी लेखराज भट्टले सम्हालेका छन् । रामेश्वर राय यादवे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्दै देशमा रोजगारको सुजना गर्ने बैदेशिक रोजगारमा भएको बेथितीहरुको अन्त्य गर्ने प्रतिबद्धता गरेका छन् ।
बसन्त क्ुमार नेम्बाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दै भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा भएको कमिकमजोरीहरुलाई क्रमिक रुपमा सुधार गर्दै लैजानने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कानुन न्यास तथा संसदिय व्यवस्था मन्त्रालय हेरफेर गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपेन्द्र यादवलाई कानुन न्याय तथा संसदिय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कानुन न्याय तथा संसदिय व्यवस्था मन्त्रालय सम्हालिरहेका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित : ५ मंसिर २०७६, बिहिबार ००:००