५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

मन्त्री परिषद बैठक जारी केही बेरमा प्रधानमन्त्रीद्वारा पत्रकार सम्मेलन



मन्त्रीमन्डल पुनर्गठनपछि पहिलो पटक बिहीबार साँझ मन्त्रिपरिषद बैठक बस्दै छ।

५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ,’ थापाले भने, ‘साढे ५ बजे पत्रकार सम्मेलन पनि छ। प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा केही कुरा भन्नुहुन्छ।’

प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्री गरी नौ मन्त्री समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेका थिए।

प्रकाशित : ५ मंसिर २०७६, बिहिबार ००:००