६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

अर्थ

कर दिवसको अवसरमा पथरीमा अन्तरक्रिर्या



मोरङ । आठौ राष्ट्रिय कर दिवस-२०७६ को अवसरमा मोरङको पथरीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरको आयोजना र पथरी उद्योग वाणिज्य संघको व्यवस्थापनमा अन्तरक्रिर्या भएको हो । राजस्व कार्यालय विराटनगरको प्रमुख कर अधिकृत विमल साप्कोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर अधिकृत हरीप्रसाद सेँडाइले व्यवसाय दर्ता, खरिद र वित्री खाता प्रमाणित, अभिलेख राख्ने तरिका र नियम अनुसार नभए जरिवाना लगायतको बारेमा जानकारी दिइएका थिए । उद्योग वाणिज्य संघ पथरीको अध्यक्ष दीपक बस्नेतको सभापतित्वमा भएको अन्तरक्रिर्या कार्यक्रम, महासचिव अशोक राईले सञ्चालन तथा लेखा संयोजक मोहन श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा पथरीको करिव सय जना व्यापारी सहभागिता रहेको थियो ।

प्रकाशित : ३ मंसिर २०७६, मंगलबार ००:००