३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

समाचार

रोकिराखेको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु



काठमाडौं । शनिबार राति कञ्चनपुरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका ३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल राना रहेको प्रहरीले जनाएको । दुर्घटनामा घाइते दुवैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
कृष्णपुर नगरपालिका २ वाणीमा सडकछेउमा रोकिराखेको ना३ख १४२४ नम्बरको ट्रकमा उनीहरु सवार मोटरसाइकल ठोक्किएको थियो ।

प्रकाशित : १ मंसिर २०७६, आइतबार ००:००