२४ बैशाख २०८१, सोमबार । May 6, 2024

मुख्य खबर

प्रधानमन्त्रीको तेश्रो पटक डायलसिस



३० कात्तिक, काठमाडौं । स्वास्थ्य उपचारको लागि धापासी स्थित अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार पुःन डायलासिस गरिएको छ ।

स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओली डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् । प्रधानमन्त्री ओलीको
स्वास्थ्यअवस्था अहिले राम्रो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले संयुक्त वक्तव्यमा जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्सययता नियमित औषधि खाइरहेका उनको स्वास्थ्यमा पछिल्लो केही महिना यता समस्या देखिदै आएको छ ।

साउन र भदौमा सिंगापुर गएर उपचार गराए । सिंगापुर पुगेर नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।

मिर्गौलाले राम्रोसँग काम नगरेपछि १३ कात्तिकमा पहिलो पटक डायलासिस गरिएको थियो । लगतै भोलिपल्ट दोस्रो डायलासिस ग्राण्डीमा नै गरिएको थियो ।

प्रकाशित : ३० कार्तिक २०७६, शनिबार ००:००