७ जेष्ठ २०८१, सोमबार । May 20, 2024

समाचार

आलमलाई रातारात नख्खु कारागार पुर्याइयो



३० कात्तिक, काठमाडौं । काँग्रेस नेता मुहमद अफ्ताव आलमलई जिल्ला अदालत रौतहटले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएकै दिन शुक्रबार नै रातारात काठमाडौं ल्याएको छ । उनलाई शुक्रबार मध्यरातमा ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ ।

१२ वर्षअघि बम विस्फोटमा घाइतेहरुलाई वेहहोस बनाउने इन्जेक्सन लगाई ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई गाडीमा हालेर राति एक बजेतिर नख्खु कारागारमा ल्याइपुर्‍याइएको श्रोतले बतायो ।

प्रकाशित : ३० कार्तिक २०७६, शनिबार ००:००