४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

समाचार

जनताले मकैबारी फाँडेर धतुरो खेतीमा विस्वास गर्दैनन् : मन्त्री आङबो



प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री मौसम आङ्बोले फाल्गुनन्दमा भएको मातृभाषा शिक्षक नियुक्तीको विषयलाई लिएर भएको दुस्प्रचारप्रति लक्षित गर्दै पाँचथरका जनताले मकैबारी फाँडेर धतुरोे खेतीमा विस्वास नगर्ने बताएका छन् । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा आयोजित फाल्गुनन्दको १३५ औं जन्मजयन्ती एवं महागुरु लिङदेनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आङबोले व्यङग्य शैलीमा उक्त कुरा बताएका हुन् ।

फाल्गुनन्दको गाउँपालिकामा पाँचथरकै बौद्धिक व्यक्तित्वको रुपमा रहनु भएका अमर नेम्बाङले स्थानीय सरकारको तर्फबाट भाषिक शिक्षकको व्यवस्था गरेको स्मरण गर्दे मन्त्री आङबोले फाल्गुनन्द गाउँपालिकाको सात ओटा विद्यालयको भाषिक शिक्षक नियुक्तीको विषयलाई जवरजस्त राजनीतिकरण गरेर यस विषयलाई जटिल बनाइएको आरोप लगाएका छन् । ‘भाषा जस्तो संवेदनशील विषयलाई लिएर चुनावी मसला बनाएका छन्, यो मसला अहिलेको सब्जीमा तेती लाग्छ जस्तो मलाई लाग्ग्दैन,’उनले भने ।
प्रचलित शिक्षा ऐन र नियामवली विपरीत वेग्लै विज्ञ नियु्क्ती गरेर जवरजस्ती विद्यालयमा राजनीतिक पार्टीका कार्यकर्तालाई भाषिक शिक्षक नियुक्ती गर्दा विद्यालय व्यवस्थापन समितिले आफनो अधिकार खोस्यो भनेर भाषा पठनपाठन रोक्नु भनेर होइन भाषिक शिक्षक नियुक्ती प्रक्रिया शिक्षा ऐन र नियमावली विपरीत भएको भन्दै अदालती प्रक्रिया गएको प्रष्टोक्ति दिएका थिए ।‘तपाईहरुले म के भन्न चाहान्छु भने यो क्षेत्रको सांसद ,जनप्रतिनिधि हुनुको नाताले भन्न चाहान्छु जवरजस्ती राजनीतिकरण गरेर आफनो कार्यकर्ता भर्ति गर्नु पनि गलत थियो भने विद्यालय व्यवस्थापन समितिले यस विषयमा छलफल गरेर मिलाउनुको सट्टा अदालतमा जानु पनि गलत थियो, ’ मन्त्री आङबोले भने,‘ तर यसलाई आज जसरी राजनीतिक दल र पार्टीलाई मुछेर यसलाई राजनीतिकरण गरियो यो धेरै दुःखको कुरा हो । ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र तिनका कार्यकर्ता भाषा शिक्षा पठनपाठनको विषयलाई लिएर अदालत गएको भनि दुस्प्रचार गरिएको बताए । यस्तो दुस्प्रचारमा सत्यता नभएको उनले जिकिर गरेका छन् । अदालतले मातृभाषामा पठनपाठन रोक्नु भनेर आदेश दिएको नभएर फाल्गुन्द गाउँपालिकाको सात ओटा विद्यालयमा भएको भाषा शिक्षक नियुक्ती प्रक्रिया रोक्नु भनि आदेश दिएकोसमेत स्पष्ट पारेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री आङबोले फाल्गुनन्द गाउँपालिकाको सात ओटा विद्यालयले विरोध गरेको प्रसंग कोट्याउँदै उनले गाउँपालिकाको सात ओटा विद्यालयमा मात्र होइन फाल्गुनन्द गाउँपालिकामा रहेका ४० ओटा विद्यालयलाई प्रचलित नियमावली अनुसार मातृभाषाको पठनपाठनको लागि प्रदेश सरकारको तर्फबाट विशेष अनुदानको घोषणा गरेका छन् । साथै, पाँचथर जिल्लाको अन्य सात ओटै स्थानीय तहमा मातृभााषाको पठनपाठनको लागि आवश्यक समन्वय र प्रक्रिया अगाडि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पाँच वर्षमा पाँचथरको नक्सा फेरेरै छाडने संकल्पका साथ आफूहरुले दू्रत गतिमा काममा होमिएको भन्दै उनले आफूले बोलेको कुरा पूरा गर्दै आएको बताए । उनले कार्यक्रममा महागुरु फाल्गुनन्द केवल किरात समुदायमा मात्र नभएर विश्व शान्तिको एउटा अभियन्ता,किरात धर्मको एक दार्शनिक, विश्व शान्तिको दूत र हाम्रो समुदायका लागि ठूलो काम गर्ने महान समाजसुधारकसमेत रहेको चर्चा गरेका थिए । उनेका योगदानका कारण अहिले किरात समुदायको अस्तित्व सम्भव भएको बताएका छन् ।

प्रकाशित : २६ कार्तिक २०७६, मंगलबार ००:००