५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

मुख्य खबर

प्रदेश १ को शानको रुपमा रहेको तमोर जलाशययुक्त परियोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपालको तर्फबाट एचआइडीसिएल र चाइनाको तर्फबाट चाइना पावरले निर्माणको जिम्मा लिए




२६ असोज,काठमाण्डौं ,लामो समयदेखि चर्चामा रहेको तर प्रक्रिया अगाडि बढ्न नसकेको तमोर जलाशययुक्त आयोजना अब निर्माण हुने सुनिश्चित भएको छ । चिनियाँ र नेपाली सरकारी–सरकारी कम्पनीवीचको साझेदारीमा निर्माण गर्ने सुनिश्चित भएको हो ।

चिनिया राष्ट्रपति सी चिनपिङको दुई दिने राजकीय नेपाल भ्रमणको सिलसिलामा आज उक्त आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको उर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बताए । पुनका अनुसार कुल ७६२ मेगावट क्षमताको तमोर जलाशययुक्त आयोजना निर्माण गर्ने विषयमा समझादारी भएको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डमा पेश गरिएको प्रस्तावमा एचआइडीसीएल र पावर चाइनाले विभिन्न ढाँचा प्रस्ताव गरी छलफल गरिएको थियो । यो आयोजना आगामी एक वर्षभित्र निर्माणसम्बन्धी सम्पूर्ण तयारी गर्ने एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराजा पोखरेलले बताएका छन् । नेपाल र चिनियाँ सरकारी कम्पनीवीचको सहकार्यमा आयोजना निर्माणको समझदारी भएको यो पहिलोपटक भएको जनाइएको छ । तमोर जलाशययुक्त आयोजनाको रीण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्ने समझादी भएको हो । उक्त आयोजनाको कुल खर्च करिव ढेड खर्व लाग्नेन अनुमान गरिएको छ । यद्यपी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार नभइञ्जेल के कति लगानी लाग्ने हो त्यसको आधिकारीक खर्च भन्न नसकिने उर्जा,जलास्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए ।

तमोर जलाशययुक्त आयोजना निर्माणपछि हाल निर्माण भई सञ्चालनमा आइसकेको एक र निर्माणधीन आयोजनासमेत विस्थापित हुनेछ । यस आयोजनाबाट पाँचथर,ताप्लेजुङ,तेह्रथुम र धनकुटा जिल्ला प्रभावित हुनेछ ।

प्रकाशित : २६ आश्विन २०७६, आइतबार ००:००