४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

समाचार

पार्टी छाड्ने मोडमा विप्लवको सेक्रेटरी



मोरङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा.) धनकुटा–मोरङ सेक्रेटरी दिपक राई पर्टी छाड्ने मनस्थितिमा रहेको बुझिएको छ । करिव अढाइ महिनादेखि प्रहरी नियान्त्रणमा रहेका राई भाद्र २६ गते जिल्ला अदालतबाट रिहा भए लगतै पुःन पक्राउ परेका थिए । राईलाई असार ८ गते राति मोरङ केराबारी-३ स्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको थियो । पहिला केराबारी इलाका प्रहरीबाट खरखजना र दोस्रो पटक वेलबारी प्रहरीले बम विष्फोट गराएको अभियोगमा मुद्धा चलाएपनि भाद्र २६ गते जिल्ला अदालतले छाडेका थिए ।

जिल्ला अदालतबाट रिहाइपछि केराबारी घर पुगेका दिपक राईलाई सोही रात फेरि पक्रेर इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ । सेक्रेटरी दिपकलाई तेस्रो पटक प्रहरीमाथि अभद्र व्यवहार गरेको मुद्धा चलेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मीराज अधिकारीले बताए । तेस्रो पटक मुद्धा चलाइएका दिपकले मंगलबार पत्रकारसगको भेटमा अर्ध भूमिगत रुपमा रहेको पार्टी परित्याग गर्ने बताए । पछिल्लो समयमा पार्टीले लिएको नीति आफूलाई ठीक नलागेको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी परित्याग गर्ने मनसाय व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा पार्टी परित्याग गरेको घोषणापछि मूलधारको पार्टी राजनीति गर्ने मनसाय व्यक्त गरेका छन् । सो विषयमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी अधिकारीले दिपक राईको कुरा एसपीहुदै जिल्ला प्रमुख अधिकारीसम्म पु¥याएको बताए । विप्लव विरुद्ध सरकारले कडा नीति लिएपछि पूर्व मन्त्री पदम राई(विकास), सभासद किरण राई लगायतले पार्टी परित्याग गरेर सरकारको नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरिसकेका छन् ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलबार ००:००