४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

पर्यटन

आहा ! नामै काफी ‘मुन्दुम ट्रेल’ घुम्न जाने होइन त भोजपुर ?



सरकारले ‘पर्यटन वर्ष २०२०’लाई सफल बनाउन सघन गृह कार्यमा जुटेको छ । यसै पर्यटन वर्षलाई भव्यताका साथ सम्पन्न गर्न देशभित्र रहेका प्राकृतिक,साँस्कृतिक र सामाजिक सम्पदाहरुको संरक्षण,सम्बद्र्न एवं सागसज्जाको काम तीव्र रुपमा भैरहेको छ । यस सन्दर्भमा भोजपुरको ‘मुन्दुम ट्रेल’ महत्वपूर्ण गन्तव्य बन्न सक्छ भन्ने कुरोमा अव दुई मत रहेन । नेपाल सरकारले छानेका १०० पर्यटकीय क्षेत्रमध्ये यो ट्रेल पनि समेटिएको छ । प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक वर्षेनी हजारौँको सङ्ख्यामा नेपाल भित्रिने गर्छन् । तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर हिमाललाई नजिकबाट हेर्न चाहाने पर्यटकलाई उपयुक्त हुनेगरी नेपालमै थुप्रै पदमार्ग खोलिएका छन् ।

धेरै पर्यटकीय सम्भावना बोकेका त्यस्ता पर्यटकीय पदमार्गमध्ये छिमेकी जिल्ला खोटाङसँग जोडिएको मैयुङ क्षेत्र पर्यटकीय पदमार्ग ‘मुन्दुम ट्रेल’ विकास भइरहेको छ । भोजपुरको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ टेम्केमैयुङ गाउँपालिका पनि जुटेको छ । त्यसका लागि पदमार्गमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यान राख्दै संरचनाहरु निर्माण भइरहेका छन् ।
के छ भिन्न विशेषता ‘मुन्दुम ट्रेलसित ?
१,.प्राकृतिक सुन्दरताले अति मनमोहक दृश्यावलोकन गर्न सकिने यस मैयुङ क्षेत्रलाई ‘टुरिष्ट हब’ बनाउने लक्ष्यले ३१ दशमलब ५ किलोमिटर लामो पदमार्गको काम थालिएको ।
२,.हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानी भएको प्रमुख पदस्थल भएको ।

३,.उक्त मुन्दुम पदमार्गमा दुई हजार ४०० मिटरदेखि तीन हजार ३०० मिटरको दुरीमा उकालोओरालो गर्दै डाँडैडाँडामा पैदलयात्रा गर्न सहज ।
४,.यस मार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ ।

५, डाँडैडाँडाको बाटो हिँड्दा थकान कम हुने र लेक पनि नलागी सुन्दर दृश्यावलोकन गर्न सकिने यस मैयुङ क्षेत्रमा अवस्थित पदमार्ग ताप्लेजुङको लालीगुँरास पदमार्ग र पश्चिमको खप्तड पदमार्गभन्दा राम्रो रहेको पर्यटन विज्ञहरुको दावी छ ।
६, यस क्षेत्रको भ्रमणका लागि आएका हिमालयन म्याप हाउस, होृ भने यो पदमार्ग अहिलेसम्मकै नेपालभरको सुन्दर दृश्यावलोकन गर्न सकिने एउटै मात्र उत्कृष्ट पदमार्ग हो ।
७,उच्च हिमाल चढ्न पनि नसक्ने तर त्यसलाई नजिकबाट नियाल्न चाहाने पर्यटकका लागि अति उत्तम गन्तव्य ।
८,अल्पाइन जोन’ अर्थात धेरै उचाइ र धैरै होचाइमा नभएको यो पदमार्ग आगन्तुक पर्यटकका लागि लेक लाग्ने समस्या नहुने सन्तुलित हावापानी भएको

यसरी टेम्केमैयुङ गाउँपालिकाले पनि पदमार्गको अनुगमन र सम्पूर्ण सम्भाव्यताको अध्ययन सकेर अहिले संरचना निर्माण तथा प्रचारप्रसारमा लागेको छ । उक्त पदमार्ग हुँदै पैदलयात्रा गर्दा यहाँका जैविक विविधता, साँकृतिक विविधतालाई हेर्न चाहाने र शान्त, सुन्दर वातावरण खोज्ने पर्यटकको माग दिनप्रतिदिन बढिरहेको गाउँपालिकाका प्रवक्ता सुनिल राईको भनाइ छ ।

पर्यटकीय पदमार्गको लागि भ्रमणमा आउने पर्यटकका लागि टि हाउस, अस्थायी टहरा, सार्वजनिक शौचालय, फोहरमैला व्यावस्थापन, खानेपानी लगायतको भौतिक संरचनाको व्यवस्था धमाधम भैरहेको जानकारीमा आएको छ । उक्त मुन्दुम पदमार्ग टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्जाङबाट शुरु भई मैयुङ, हासपोखरी हुँदै साल्पापोखरीमा टुङ्गिनेछ । ‘

यसको नामाकरण भने किरात संस्कृतिअनुसार राखिएको छ । पितृ बस्ने नाक्छुङ, बारालुङ (ढुङ्गाले घेरिएको चुलो) आफ्नो पितृलाई देवशक्ति माग्दै चुला, मूलथाम, मूलढोका, बलेसी, फूलबारी, चौरास्ता हुँदै ओरालो लाग्ने, पानी अन्तिम विन्दु जहाँ संसारको सृष्टि हुने परिकल्पना गर्दै शक्ति आर्जन गरेर मुन्दुमी (किराती) अगाडि बढ्छन् । यसरी किरातीले आफ्नो जीवन दर्शन मान्ने ‘मुन्दुम’ शब्द नै बिबादास्पद नहुने भनेर यहाँका डाँडाकाँडा, तालतलैयाको किराती नाम विशेषले यसको ‘मुन्दुम ट्रेल’ नामाकरण गरिएको हो ।

फोटो: माथिका सवै फोटो मुन्धुम ट्रेलको फेसबुक पेजबाट लिइएको हो ।

प्रकाशित : १४ भाद्र २०७६, शनिबार ००:००