३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मुख्य खबर

गाडी चढ्ने पैसाले एम्बुलेन्स किन्ने मेयरसापको प्रस्ताव

उपप्रमुखको रचनात्मक कामले मतदाताको हाइहाई




उदयपुरको कटारी नगरपालिकाका उपप्रमुखले आफ्नो सेवासुविधाका लागि गाडी किन्ने रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्न प्रस्ताव गरेकी छन् । यि प्रस्ताव गर्ने वितिकै कटारीमा नगरपालिका उपप्रमुख भीमकुमारी रावत मतदाताको हाईहाई मात्र होइन स्यावासीका पात्र बन्नु भएकी छन् ।

नगरपालिकामा नयाँ गाडी नभएको र पुरानो गाडी पनि काम नलाग्ने भइसकेको अवस्थामा उपप्रमुख भीमकुमारी राउतका लागि नगरपालिका सभाको बैठकले नयाँ गाडी किन्न ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । सो रकम आफ््नो सुविधाका लागि गाडी नकिन्ने बरु कटारी अस्पतालमा एम्बुलेन्सको आवश्यकता रहेकोले जनताको सेवा गर्न एम्बुलेन्स किन्ने प्रस्ताव उपप्रमुख राउतले गरेकी हुन् ।
राउतले भने,“ हामीलाई जनताले जनताको सेवक बन्न पठाएका हुन्,जनताको कर उठाएर गाडी किन्ने र चढ्ने आफूलाई रहर छैन र विनियोजित रकम बिरामीको सेवा गर्न एम्बुलेन्सको व्यवस्था गर्ने प्रस्ताव मैले गरेकी हुँ ।”


पुरानो गाडी बिग्रिएपछि एक वर्षदेखि आफू गाडीविहीन नै रहेको भएपनि आफूलाई जनताले नगरको विकास र जनताको सेवा गर्न निर्वाचनमा विजय गराएकाले आफू गाडी नचढ्ने बरु हिँडेर नै कार्यालय काम सम्पादन र अन्यत्र स्थानमा आवतजावत गर्ने धारणा राउतको रहेको छ ।
नगरपालिका बैठकले आफ्नो लागि गाडी किन्न रु ४० लाख व्यवस्था गरेकोमा रु १५ लाखको कटारी अस्पतालमा आवश्यक पर्ने एम्बुलेन्स तत्काल किन्ने प्रस्ताव लगिएको छ भने बाँकी रकम कटारी–११ को बेतिनीमा पर्यटन मन्त्रालयले निर्माण सुरु गरेर छाडेको अधुरो पर्यटन भवन निर्माण गर्न खर्च गर्ने प्रस्ताव गरिएको नगरपालिकाबाट पारित भैसकेको छ ।

कटारी अस्पताल विकास समितिका अध्यक्ष कृष्णराज दनुवारले उपप्रमुख राउतले आफ्नो सुविधाको गाडी किन्ने रकमले अस्पतालको लागि एम्बुलेन्स व्यवस्थापन गरिदिने प्रस्ताव गर्नुभएकाले अब एम्बुलेन्स खरीदको प्रक्रिया अगाडि बढाउने तयारी भैरहेको बताएका छन् । उदयपुरका आठ स्थानीय तहमध्ये धेरै नगरपालिका तथा गाउँपालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षका लागि यसअघिनै गाडी खरीद गरी प्रयोग गर्दै आइरहनुभएको छ । कटारीका समाजसेवी मुकेश थापाले सबै जनप्रतिनिधिले रचनात्मक काम गर्न सकेमात्र देश बन्ने धारणा व्यक्त गनुका साथै उपप्रमुखलाई रचनात्मक कामका लागि स्यावासीका पात्र एवं अनुकरणीय काम गर्नु भएको भन्दै प्रशंसा गरेका छन् ।

प्रकाशित : १० भाद्र २०७६, मंगलबार ००:००