३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

समाचार

मृगौला रोगिको ज्यान वचाउन आर्थिक सहयोग गर्न अनुरोध



मोरङ । दुबै मृगौला काम नलाग्ने भएपछी मोरङ पथरीशनिश्चरे नगरपालिका-३ कि ३७ बर्षिया टिकादेबी मगर परिवारले थप उपचारको लागि आर्थिक सहयोग लागि जुटाइदिन माग गरेकी छन । संघीय राजधानी स्थित सुमेरु अस्पतालमा हप्तामा ३ पटक डाइलासिस गर्दै आएको मगरको भदौ १६ गते मृगौला प्रत्यारोपन गर्न चिकित्सकको सल्लाह आएपनी आर्थिक अभावको कारण समस्या आएपछी आज (भाद्र-३) गते पत्रकार सम्मेलनको आयोजना गरि सहयोगको लागि माग गरेका हुन । बिरामी भएपछि बैदेशिक रोजगारीमा गएका पतिले वास्ता नगरेपछी माइतिले जग्गा बेचेर ६ लाख र आफुसँग भएकोसँग उपचारमा २० लाख खर्च भइसकेको पीडित टिकादेवी मगरको आमा रणमाया मगरले बताए । दिदीको लागि मृगौला भने आफ्नै भाइ जीवन मगरले दिने बुहारी अलिसा मगरले बताए । अनुदानमा प्रत्यारोपणको लागि समय कुर्दा विरामिको अवस्था कमजोर भएपछि चाँडै उपचार गर्नुपर्ने अवस्था आएको पीडित परिवारले बताए । प्रत्यारोपणको लागि अस्पतालले तत्काल ६ लाख डिपोजित गर्नु भनेपनी आफूहरुसँग रकम नभएको कारण सहयोग जुटाइदिन अनुरोध गरेका हुन । आर्थिक सहयोग संकलनको लागि नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको अध्यक्ष टंक राना मगरको संयोजकत्वमा आर्थिक अभियान समिती गठन भएको छ । समितिले सिदार्थ बैंकको पथरी शाखामा खाता खोलेका छ्न । पीडित मगरको जीवन वचाउन अथासक्य सहयोग गरिदिन हरियाली सामुदायिक वन समुहका अध्यक्ष काबुलबहादुर मगरले आव्हान गरेका छन । टिकादेविको ज्यान बचाउन चाहने महानुभावहरुको लागि बैंकको खाता नम्बर ००७१५२०५५६६ उपलब्ध गराएका छ्न । विरामी बारे बुझ्न चाहनेहरुको लागि ९८१२३६४३१७/९८०५३८५१९१ मोबाइल नम्बर सार्बजनिक गरेका छ्न । टिकादेबी पनि बैदेशिक रोजगारीमा जाने आउने क्रममा दुई बर्ष अघि खुट्टा सुन्निएका थिए । स्वास्थ्य कर्मिको सल्लाहमा औषधि खाँदा खाँदै पछिल्लो पटक परीक्षण गराउदा ९५ प्रतिसत बिग्रेको रिपोट आएको पीडित परिवारले बताए । त्यसपछि निरन्तर उपचारको क्रममा रहेको बुहारी अलिसा मगरले बताए ।

प्रकाशित : ४ भाद्र २०७६, बुधबार ००:००